PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

भारतबाट फर्कने क्रममा रोल्पाका एक किशोर बाटैबाट गायब



रासस

लिबाङ (रोल्पा) : भारतबाट घर फर्कंदा बाटैबाट बेपत्ता भएका रोल्पा जिनाबाङ-८ का १७ वर्षीय दीपेन्द्र भण्डारीको अवस्था अझै अज्ञात छ।
 
भारतको हिमाञ्चल प्रदेशको कोनरबाट फर्कँने क्रममा उनी साथीबाट छुटेका थिए।
 
२०७२ चैत २६ गते फुपाजु दीपक वलीसँग ८ मा अध्ययरत भण्डारी रोजगारीका लागि भारत गएका थिए। विद्यालय सञ्चालन भएपछि अध्ययनका नेपाल फर्कने क्रममा उनको ओत गाविस–८ रोल्पाका १८ वर्षीय देवराज वलीसँग भेट भयो। र, उनीसँगै भण्डारी घर फर्किइरहेका थिए।
 
परिवारका अनुसार साउन २७ गते भण्डारी र वली नेपाल फर्कंदा भारतको चण्डिगढस्थित अम्बलामा बाटो बिराए। त्यसै बेला अन्य तीन नेपाली युवासँग उनीहरुको भेट भयो।
 
पाँच जना सँगै बसेर पेप्सीकोला खाए। त्यसपछि बेहोस भएर लामो समयपछि ब्युँझदा वलीले अन्य युवासँगै भण्डारीलाई त्यहाँ देखेनन्।
 
साथमा पैसा नभएका उनले व्यापारीसँग गाडी भाडा मागेर भदौ २ गते नेपाल आइपुगे तर भण्डारी अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन्।
 
उनको खोजीका लागि आमा खुमाले जिल्ला प्रहरी कार्यालयसामु निवदेन दिएको प्रहरी निरीक्षक केशबबहादुर बस्नेतले बताए।
 
आमासहित वली र अर्का आफन्त पनि भण्डारीको खोजीका लागि भारत हिँडेको प्रहरी नायब निरीक्षक मीनबहादुर शाहीले बताएका छन्। भण्डारीका बुबा भने दुई वर्षदेखि वैदेशिक रोजगारीका लागि कतारमा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell