काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमन गरेका छन्।
तीन दिनअघि मन्त्रीको पदभार ग्रहण गर्दा एक साताभित्र विमानस्थलमा सुधार गर्न निर्देशन दिएका मन्त्री शाही बिहान सबेरै विमानस्थल पुगेका थिए।
त्यसक्रममा मन्त्री शाहीले विमानस्थलको उडान कक्ष, प्रतीक्षालय, शौचालय, लगेज व्यवस्थापनलगायतको निरीक्षण गरे। निरीक्षणका क्रममा पर्यटनमन्त्रीले हालको सुधारको कार्यलाई थप प्रभावकारी बनाउन कर्मचारीलाई निर्देशन दिए।
अघिल्लो सरकारका पर्यटन मन्त्रीले पनि यसैगरी विमानस्थलको अनुगमन गरेका थिए।
रासस