PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

दुर्गम जिल्लाको पीडा : स्वास्थ्य चौकीमा औषधि नहुँदा दुई दूधेबालिकाको मृत्यु



रासस

हुम्ला : जिल्लाको मध्यभेगमा पर्ने रोडिकोट गाविसस्थित स्वास्थ्य चौकीमा उपचार सेवा नपाएर दुई दूधेबालिकाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा रोडिकोट-८ का राजबहादुर कार्कीको आठ महिने छोरी सुशीला र सोही ठाउँ बस्ने अङ्गत कार्कीको दुई महिनाको छोरी सुस्मिता रहेका छन्। ती दुवैको निमोनिया र ज्वरोका कारण मृत्यु भएको हो। 
 
स्वास्थ्य चौकीमा औषधि नभएकाले यो दुखद घटना भएको हो। 'स्वास्थ्य चौकीमा सिटामोलसमेत छैन,' स्थानीय अदानसिंह कार्कीले भने, 'वर्षासँगै प्रदूषित पानी पिउँदा सो क्षेत्रमा विभिन्न रोग फैलिने गरेको छ।'
 
स्वास्थ्य चौकीमा बिरामी सङ्ख्या बढ्दै गएको बताउँदै अहेब जोर फडेराले सदरमुकामबाट केही मात्रामा पठाइएको औषधि वर्षा अगावै सकिएको र थप औषधि ढुवानी नभएको जानकारी गराए।
 
जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकृत नरेशबाबु श्रेष्ठले भने सो क्षेत्रमा औषधि पठाइसकिएको दाबी गरेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell