काठमाडौँ : मधेसी जनाधिकार फोरम, लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सम्मानजनक मन्त्रालय नपाए सरकारमा नजाने बताएका छन्।
अघिल्लो सरकारमा गच्छदार उपप्रधानमन्त्री थिए।
पत्रकार सम्मेलनमा अध्यक्ष गच्छदारले महत्वपूर्ण र आकर्षक मन्त्रालय नपाए सरकारमा नजाने बताएका हुन्। वर्तमान सरकारमा जानका लागि अब पशुपक्षी विकास, विज्ञान तथा प्रविधि, खानेपानी तथा सरसफाइ; महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय मात्र बाँकी रहेका छन् ।
साना मन्त्रालय लिएर सरकारमा जाँदा पार्टीको अपमान हुने उनको भनाइ छ । त्यसैगरी सो पार्टीले ५६५ स्थानीय निकायको सङ्ख्यामा परिर्वतन गर्नुपर्ने माग गरेको सो पार्टीका नेता रामजनम चौधरीले जानकारी दिए। रासस