PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सर्वोच्चले माग्यो लोकमान नियुक्तिको सक्कल कागजात



रासस

काठमाडौँ : सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीलाई नियुक्ति गर्दाको सक्कल कागजपत्र माग गरेको छ। 

न्यायाधीश दीपक कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वर खतिवडाको इजलासले आज आयोगका प्रमुख कार्कीको नियुक्तिको सक्कल कागपत्र सरकारसँग माग गरेको अदालतका प्रवक्ता नहकुल सुवेदीले जानकारी दिए।

प्रवक्ता सुवेदीले तत्कालीन मुख्य अधिकृत (मुख्य सचिव) लोकमानसिंह कार्कीलाई स्पष्टीकरण पेस गर्ने सम्बन्धमा लेखिएको सामान्य मन्त्रालयको २०६३ चैत ११ गते पत्रसहितको सङ्कलित फाइल पनि माग गरिएको बताए।
 
आयोगका प्रमुखमा कार्कीको नियुक्तिविरुद्ध २०७२ मङ्सिर ९ गते अधिवक्ता ओमप्रकाश अर्यालले रिट निवेदन दायर गरेका थिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell