PahiloPost

Jan 17, 2025 | ४ माघ २०८१

'कर्मचारीलाई कि पुरस्कार कि दण्ड'



रासस

'कर्मचारीलाई कि पुरस्कार कि दण्ड'

काठमाडौं : नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन्।
  
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले भने, 'म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुनेछैन। क्षमताका आधारमा काम गर्नुहोस्। मेरो साथ हुन्छ।'
 
योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उनले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए। क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिने उनले बताएका छन्।
 
मन्त्री बुढाथोकी २०७० मा भएको संविधानसभा निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित भएका हुन्। २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गरेका बुढाथोकीले नौ महिना जेलजीवन समेत बिताएका छन्।

पञ्चायती व्यवस्थाअन्तर्गतको अन्तिम मन्त्रिपरिषदमा उनी जलस्रोत सहायक मन्त्री बनेका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell