PahiloPost

May 1, 2026 | १८ बैशाख २०८३

सिरहामा एचआइभी सङ्क्रमितको संख्या ६८ पुग्यो



रासस

लहान : सिरहामा चालू आर्थिक वर्ष २०७२/७३ मा थप २६ जना एचआइभी सङ्क्रमित फेला परेका छन्।
 
एचआइभी एड्सकै कारण सिरहामा गत आर्थिक वर्षमा १२ जनाको मृत्यु भएको थियो।
 
जिल्ला जनस्वास्थ्य कार्यालयले जिल्लाको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल र सिरहा जिल्ला अस्पतालमा सञ्चालन गरेको ‘भिसिटी’सेन्टरमा जाँच गराएकामध्ये थप २६ जनामा एचआइभी सङ्क्रमित फेला परेका हुन्।
 
चालू आर्थिक वर्षमा लहान अस्पतालमा २० जना र सिरहा अस्पतालमा ६ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका एचआइभी एड्स समन्वय समितिका सरोज कर्णले जानकारी दिए। योसँगै सिरहामा अब एचआइभी सङ्क्रमितको सङ्ख्या ६८ जना पुगेको छ।
 
अघिल्लो आर्थिक वर्षमा पनि १५ जना नयाँ एचआइभी सङ्क्रमित फेला परेका थिए। सङ्क्रमितमध्ये ४२ जनालाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनकपुर अस्पताल पठाइएको छ।
 
वैदेशिक रोजगारमा जाने युवाको सङ्ख्या जिल्लामा अत्यधिक रहेको र फर्केपश्चात् स्वास्थ्य जाँच गराउने सोच नभएकाले एचआइभी सङ्क्रमितको सङ्ख्या बढ्दै गएको जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा दयाशङ्करलाल कर्णको भनाइ छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell