भोजपुर : हरितालिका तीजको अवसरमा भोजपुरमा क्रियाशील ६ महिला पत्रकार सम्मानित भएका छन्।
जिल्लामा रहेर विभिन्न सञ्चारमाध्यमबाट समाज परिवर्तनमा भूमिका खेलेको भन्दै क्रियाशील महिला पत्रकारलाई सम्मान गरिएको हो। सम्मानित हुनेहरुमा राससकर्मी सरिता राई, रेडियो भोजपुरका सरस्वती तामाङ र शारदा तामाङ, कान्तिपुरकर्मी विद्या राई,रेडियो चुमोलुङ्गमाका मनिता राई र सुशीला राई रहेका छन्।
उनीहरुलाई कदरपत्र तथा दोसल्ला ओढाई सामुदायिक सेवा केन्द्र भोजपुरले सम्मान गरेको हो।