PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

तीजकै दिन यसरी रामगोपालले गरे पत्नीको हत्या



रासस

बनेपा : घरायसी विवादले उग्र रुप लिँदा श्रीमानले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेको छ।
 
काभ्रेपलाञ्चोकको उग्रचण्डीनाला गाविस–४ का रामगोपाल तोलाङगेले श्रीमती विष्णुमाया तोलाङगेको तीजकै दिन आइतबार हत्या गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक नविनराज राइले जानकारी दिए।
 
दिनहुँजसो मदिरा सेवन गर्ने रामगोपालले जेठी श्रीमतीको छोरालाई पैसा दिएको तर आफ्नो छोरालाई विदेश पठाउन पैसा नदिएको भन्ने विषयमा विवाद हुँदा सो घटना भएको थियो।
 
विष्णुमाया उनका कान्छी श्रीमती हु्न। उनलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell