PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

साढे चार किलो चरेससहित एसएसबीले समायो तीन नेपालीलाई



रासस

कञ्चनपुर : पश्चिमी सीमा नाकाको महाकाली नदीमाथि वनवासा पुलमा साढे चार किलो चरेस सहित तीन नेपाली पक्राउ परेका छन्।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले उनीहरुलाई आज पक्राउ गरेको हो।
 
म १ प १६३० नम्बरको मोटरसाइकलमा जाँदै गरेका बेला बाँके कोहलपुरका ३७ वर्षीया शान्ति बुढाथोकी, ३८ वर्षीय विमल घर्ती मगर र भीमदत्त नगरपालिका खैरभट्टीका २७ वर्षीय लक्ष्मण सुनार पक्राउ परेका हुन्।
 
बुढाथोकीलाई मगरले रु १० हजार दिनेगरी चरेस वनवासा पुर्‍याउन लगाएका थिए। यस्तै भीमदत्तनगर बसपार्कबाट मोटरसाइकल चालक सुनारलाई वनवासा पुर्‍याएबापत रु पाँच हजार दिने उनीहरुबीच सहमति थियो।
 
अभियुक्त तीनै जनालाई एसएसबीले भारतीय प्रहरीको जिम्मा लगाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell