PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

मोरङका विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल



रासस

मोरङका विद्यार्थीले बनाए पानीमाथि कुद्ने साइकल

पथरी (मोरङ) : मोरङको हाथिमुडामा रहेको मनमोहन पोलीटेक्नीकल कलेजका विद्यार्थीहरुले पानीमाथि कुद्ने साइकल बनाएका छन्।
 
बाढी आइरहेका बेला उद्धार गर्ने उद्देश्यले कलेजका मेकानिकल इन्जिनियरिङ समूहका विद्यार्थीले पानीमाथि कुद्ने साइकल बनाएका हुन्।
 
बाढीको बेला उद्धार गर्न सहज बनाउने उद्देश्यले यस्तो साइकल बनाइएको समूहका सदस्य बर्जित थापाले बताए।
 
क्याम्पसबाट प्रत्येक वर्ष बिदा भएर जाने अन्तिम वर्षका विद्यार्थीले प्रोजेक्ट वर्क अन्तर्गत प्रदर्शनी गर्नुपर्ने भएकाले प्रयोगात्मक पढाइको सिलसिलामा उनीहरुले यस्तो साइकल बनाएका हुन्।
 
क्याम्पस प्रमुख डा. शुभाष पोखरेल भने दक्ष जनशक्ति तयार भइराखे पनि सरकारले लगानी गर्न चासो नदेखाएको गुनासो गरे। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell