पोखरा : तीज महोत्सवका अवसरमा पोखराको लामाचौरमा शुक्रबारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता अायोजना हुने भएको छ।
नवआदर्श सामुदायिक विकास समाजको आयोजनामा यही भदौ १७ देखि १९ गतेम्म हुने प्रतियोगितामा ६ टोलीको सहभागिता रहने खेलकुद संयोजक सुशील श्रेष्ठले बताए।
प्रतियोगितामा सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरी, न्यु डायमन्ड विद्यालय, टप्स आवासीय विद्यालय र मध्यपश्चिमाञ्चल टोलीको सहभागिता रहने छ।
प्रतियोगितामा विजेताले ७५ हजार १०१,दोस्रो हुनेले ५० हजार एक सय एक र तेस्रोले ३० हजार एक सय, सिल्ड, पदक र प्रमाणपत्र पाउने छन्।
सोही अवसरमा विद्यालयस्तरीय महिला भलिबल प्रतियोगिता पनि आयोजना गरिने छ। प्रतियोगितामा प्रथम र दोस्रो हुने टोलीलाई क्रमशः २५ हजार एक सय एक र र१५ हजार एक सय एक दिइने समाजका पूर्वअध्यक्ष सञ्जय अधिकारीले जानकारी दिए।
सोही उपलक्ष्यमा सितेरियो कराँते प्रतियोगिता, तीज गीत, नृत्य र विद्यालयस्तरीय नृत्य प्रतियोगिता पनि सञ्चालन गरिने छ। रासस