PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

बढी मूल्य लिएर पेट्रोल बेच्ने व्यापारी प्रहरी नियन्त्रणमा



रासस

सप्तरी : बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा व्यापारी रञ्जित दासलाई प्रहरीले आज पक्राउ गरेको छ।
 
बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लिटर पेट्रोल बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए।

दासलाई कालोबजारी ऐनअन्तर्गत कारबाही गरिने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell