PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

दुई फरक दुर्घटनामा ५ जनाको मृत्यु, १५ घाइते



रासस

चितवन : भैरहवाबाट काठमाडौंतर्फ जाँदै गरेको लु १ ख ९३६१ नम्बरको बस र काठमाडौंबाट धरान आउँदै गरेको ना ४ ख ४५१६ नम्बरको बस मंगलबार साँझ पृथ्वी राजमार्गको फिस्लिङमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। घटनामा १५ जना घाइते भएका छन्।
 
मृतकहरुमा अन्दाजी २२ वर्षीया एक महिला, अन्दाजी ३० वर्षीय एक पुरुष र अन्दाजी तीन वर्षीय एक बालक रहेका छन्।
 
बालकको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइतेको उद्धार गरी उपचारका लागि केहीलाई काठमाडौं र केहीलाई भरतपुर लगिएको छ।
 
यस्तै, रसुवाको मैलुङ–स्याफ्रूबेंसी खण्डको सडक निर्माणका क्रममा दुई कामदारको मृत्यु भएको छ।
 
नेपाली सेना मैलुङ–स्याफ्रूबेंसी सडक निर्माण कार्यदलका अनुसार मृत्यु हुनेमा सुनसरी जिल्ला बराहक्षेत्र–४ का अन्दाजी ४५ वर्षीय केशव कार्की र सुनसरीकै भरुण–३ का अन्दाजी ४५ वर्षीय श्रीकृष्ण नेपाली छन्।
 
सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गर्न ढुङ्गाको ड्रिलिङ मेसिनद्वारा प्वाल खोपिरहेका बेला मेसिन भाँचिन गई करिब ३० मिटर तल खस्दा उनीहरुको घटनास्थलमै मृत्यु भएको हो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell