PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

छात्राहरुमा अज्ञात रोग देखिएपछि विद्यालय बन्द



रासस

बैतडी : विद्यालयका छात्राहरुमा अज्ञात रोग देखापरेपछि दार्चुलाको लटिनाथमा रहेको लटिनाथ उच्च माविको पठनपाठन बन्द गरिएको छ।
 
कक्षा ८ मा अध्ययनरत छात्राहरु एकाएक बिरामी हुन थालेपछि विद्यालयमा पठनपाठन बन्द गरिएको हो।
 
'मङ्गलबार तीन जना छात्रा एक्कासि बेहोस भएका थिए, बुधबार पनि थप १५ छात्रालाई उस्तै समस्या देखियो,' स्थानीयवासी अभिभावक दिनेश सिंहले भने।
  
एक्कासि छात्राहरु बेहोस हुने र त्यसपछि चिच्याउने गरेका छन्। यस्तो समस्या आएपछि बुधबारदेखि विद्यालय बन्द गरिएको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell