PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

मुस्ताङबाट पोखरा उडेका दुई हेलिकप्टर पर्वतमा इमर्जेन्सी ल्यान्डिङ



रासस

पर्वत : मौसमको खराबीका कारण आकस्मिक अवतरण गरेका दुई हेलिकप्टर गन्तव्यतर्फ लागेका छन् । 

मुस्ताङको लेतेबाट पोखरा फर्कदै गरेका मनाङ एयरका दुई हेलिकप्टर एक्कासि मौसममा खराबी आएपछि आज मध्याह्न कुश्मा बजारस्थित सशस्त्र प्रहरी बलको खेल मैदानमा आकस्मिक अवतरण गरिएको थियो । 

मनाङ एयरको नाइन एन एएलडी र नाइन एन एएलसी कल साइन भएका हेलिकप्टर भारी वर्षा र बाक्लो कुहिरोका कारण आकस्मिक अवरतण गर्नु परेको क्याप्टेन प्रकाश सेढाइँले जानकारी दिए। 

दुईवटै हेलिकप्टरमा दुई÷दुई जना नेपाली यात्रु सवार रहेका थिए । भारतीय पर्यटकलाई लेतेमा झारेर पुनः उडान भर्न पोखरा आउँदै गर्दा एक्कासि मौसममा खराबी आएको अर्का क्याप्टेन कमल बुढाले जानकारी दिए। 

मौसममा सुधार आएपछि हेलिकप्टर गन्तव्यतर्फ लागेको सशस्त्र प्रहरी गणका प्रमुख कृष्णकुमार थापाले जानकारी दिए। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell