PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

गच्छदारको प्रश्न- 'तीन बुँदे सहमतिमा प्रदेश सीमांकनबारे किन उल्लेख गरिएन?'



रासस

गच्छदारको प्रश्न- 'तीन बुँदे सहमतिमा प्रदेश सीमांकनबारे किन उल्लेख गरिएन?'

विराटनगर : मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) का अध्यक्ष विजयकुमार गच्छदारले वर्तमान सरकारलाई आफ्नो पार्टीले रचनात्मक सहयोग गर्ने बताएका छन्।
 
विराटनगर विमानस्थलमा आज पत्रकारसँग कुरा गर्दै उनले मधेसी, आदिवासी जनजाति र थारू लगायतको अधिकारका लागि संविधान संशोधन र कार्यान्वयनका लागि सरकारलाई रचनात्मक सहयोग गरिने स्पष्ट पारे। संविधान संशोधन र कार्यान्वयनका लागि फोरम (लोकतान्त्रिक) सहित चार शक्ति एक ठाउँमा हुनुपर्ने उल्लेख गर्दै उनले यसका लागि नेकपा (एमाले) का साथै राप्रपा नेपाललाई पनि विश्वासमा लिनका लागि सरकारले पहल गर्नुपर्ने धारणा राखे।
 
'सीमाङ्कनको संशोधन नभई नमान्ने अडानमा बसेका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले तीन बुँदे सहमतिमा प्रदेशको सीमाङ्कनबारे किन उल्लेख गरेनन्?' उनले प्रश्न गरे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell