PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

डुबेर बालिकाको र माछा मार्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु



रासस

उर्लाबारी (मोरङ) : मोरङको डाँगीहाट–९ स्थित नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा सोही ठाउँकी १० वर्षीया जीना धिमाल रहेको इलाका प्रहरी कार्यालय बेलवारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए।
 

घरनजिकै घाँस काट्न गएकी बालिकाको केसलिया नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।
 
यस्तै, माछा मार्ने क्रममा झापामा एक युवकको करेन्ट लागेर ज्यान गएको छ। झापाको बैगुन्धुरा–५ स्थित कृष्णे खोलामा करेन्ट लगाएर माछा मार्न खोज्दा गौरादह–१२ का २२ वर्षीय मिलन हस्दाको ज्यान गएको हो।

गम्भीर घाइते भएका उनको उपचारका लागि लाइफलाइन अस्पताल, दमक लैजाँदै गर्दा बाटैमा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell