उर्लाबारी (मोरङ) : प्रहरीले नै गलत सूचना दिएर कसैको मृत्युको खबर जारी गर्यो भने कस्तो होला? यस्तै घटना भयो मोरङमा। प्रहरीले दिएको गलत सूचनाले परिवारमा केही दिन ठूलो आघात पर्यो। प्रहरीले मृत्यु भइसकेको भनिएका मोरङको पथरीशनिश्चरे– ११ का दानबहादुर राई उपचारपछि शुक्रबार घर फर्किएका छन्। विराटनगरस्थित न्युरो अस्पतालमा नौ दिनको उपचारपछि उनी फर्किएका छन्। गत साउन १३ गते बिहीबार…
विष्णु नेपाल/पूर्णप्रसाद मिश्र - काठमाडौँ : नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेवि सङ्घ)को ११औं महाधिवेशन नौ वर्षपछि आइतबारदेखि सुरु हुँदैछ। सङ्घको १०औं महाधिवेशन २०६४ जेठ ६-८ गते चितवनमा भएको थियो। तीनदिने ११औँ महाधिवेशनको नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले राजधानीस्थित भृकुटीमण्डमा दिउँसो १ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ। उद्घाटनसत्रलाई पार्टी सभापति देउवासहित वरिष्ठ…
सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारका रहेका बेला मलेसियामा शुक्रबार हत्या भएको छ। काठमाडौँको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा कार्यरत रहेका बेला चौधरीको हत्या भएको आफन्तलाई जानकारी आएको हो। हत्या गरिएका नगेन्द्र चौधरीसँगै एउटै कोठामा छ जना बस्ने गरेको भएता पनि अरु पाँचजना साथी दिवा सेवा र उनको रात्रिकालीन ड्युटी…
मलेखु : चितवनबाट काठमाडौँ जाँदै गरेको ना५ख ९२०६ नं को ट्रक र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना३च ६२०९ नं को बोलेरो पृथ्वी राजमार्गको मलेखुमा आज एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक प्रकाश जगेवुका अनुसार मृत्यु हुनेमा चितवन निवासी बोलेरोका सहचालक साफेज चौधरी र सप्तरी जिल्ला निवासी ६५ वर्षीय मणिप्रसाद गुप्ता रहेका छन्।…
रत्ननगर (चितवन) : चितवनमा त्रिशूली नदीमाथिका जोखिमयुक्त तुइन विस्थापनको काम सुरु भएको छ। केही ढिलाइ भए पनि यो वर्षदेखि तुइन विस्थापन गरी झोलुङ्गे पुल निर्माणको काम थालिएको चितवनका स्थानीय विकास अधिकारी श्रवणकुमार पोखरेलले बताए। अघिल्लो सरकारका पालामा घोषणा गरिएको लोकप्रिय कार्यक्रममध्ये तुइन विस्थापनको काम एक वर्ष ढिला गरी सुरु भएको हो। जिल्ला प्राविधिक कार्यालय चितवनले तुइन हटाएर…
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन्। नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि उनको स्वकीय सचिवका रुपमा कार्यरत थिए। यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीकै पुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए। प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार…
काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथसँगै नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ। नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ। निधिले गृह, अर्जुननर सिंह केसीले रक्षा एवम् रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाने छन्। त्यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्रीसँगै कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतले शपथ लिने…
बैतडी : तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ। पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन्। उनीसँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ। गएको शनिबारदेखि बेपत्ता उनी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन्। श्रीमानसँग झगडा गरेर उनी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी…
काठमाडौँ : नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकको शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आज आफ्नो पदभार ग्रहण गर्दै गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न समन्वयात्मक ढङ्गले काम गरिने बताए। उपप्रधानमन्त्री निधिले अनवरत ढङ्गले देश र जनताको पक्षमा काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए। उनी यसअघि दुई पटक…
भीमदत्तनगर : कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ निवासी २२ दिने नाबालिकालाई कुकुरले लुछेपछि उनी मृत अवस्थामा भेटिएकी छन्। विमला जोशीकी २२ दिने छोरी माधवीलाई कुकुरले लुछेर लगेको थियो। केही बेरमा खोज्दै जाँदा उनी मृत अवस्थामा भेटिइन्। मङ्गलबार दिउँसो आफू शौचालय गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको विमलाले बताइन्। 'दुई छोराछोरी छिमेकीको घरमा…
काठमाडौँ : महान्यायाधिवक्ता तथा सरकारको कानुनी सल्लाहकार हरि फुँयालले आज महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता फुँयालले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजीनामा बुझाएर आएको जानकारी दिए। उनले बिहीबारदेखि लागू हुनेगरी राजीनामा दिएका हुन्। महान्यायाधीवक्ता फुँयाल गत वैशाख ६ गते महान्यायाधिवक्तामा नियुक्त भएका थिए। सरकार परिर्वतन हुँदा कानुनी सल्लाहकार पनि परिर्वतन हुने प्रचलन अनुसार…
सिबी अधिकारी - काठमाडौँ : मुलुकको हवाई सेवाको पहुँच देशव्यापी भए पनि यसका चुनौती यथावत् छन्। अधिकांश जिल्लामा हवाई सञ्जाल विस्तार भएको छ, तर पनि प्रभावकारी रुपमा सञ्चालनमा आउन सकेको छैन। भौगोलिक कठिनाइ, मौसमी अवस्था र पूर्वाधार विस्तार प्रभावकारी नहुँदा विमानस्थल प्रभावकारी बन्न सकेका छैनन् । नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानका अनुसार मुलुकभर कुल ५६ विमानस्थलमध्ये ३३ वटा सञ्चालनमा…
रत्ननगर (चितवन) : दक्षिण चितवनको माडीका एक युवा सुतेकै अवस्थामा मृत फेला परेका छन्। खाना खाएर सुतेका माडी वनकठ्ठाका २७ वर्षीय अविरल दराई सुतेकै अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ। बिहान अबेरसम्म नउठेपछि हेर्दा उनी सोमबार मृत भेटिएको परिवारको भनाइ छ। स्थानीय घननाथ सापकोटाले घटना शङ्कास्पद रहेको भन्दै मृत्युको कारण यकिन नभएको बताएका छन्। प्रहरीले भने…
डोल्पा : बहुमूल्य जडीबुटी यार्सागुम्बा बिक्री वितरणका लागि छिमेकी राष्ट्र चीन लैजाने तयारी भइरहेको छ। यार्चागुम्बा सिजन सकिएलगत्तै सदरमुकाम दुनैमा यार्सागुम्बा बेच्न चीन जाने व्यापारीको घुइँचो लागेको छ। डोल्पाका लागि व्यापारिक नाका चीनमा बहुमूल्य जडीबुटी यार्सागुम्बा प्रतिकिलो रु १५ लाखदेखि रु ३० लाख मूल्यसम्ममा बिक्री वितरण हुने भएकाले व्यापारी यार्सा बेच्न आफैँ चीन जाने गर्दछन्। अघिल्ला वर्षमा…
पाँचथर : दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्। मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन्। यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन्। उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिए। गत शुक्रबार…
चितवन : वैदेशिक रोजगारीका सिलसिलामा कतारमा मृत्यु भएका पूर्वी चितवनका धनेश्वर चौधरीको परिवारलाई कतारस्थित काम गर्ने कम्पनीबाट पठाइएको राहत रकम हस्तान्तरण गरिएको छ। प्रजिअ विनोदप्रकाश सिंहले चौधरीकी श्रीमती विसमतीलाई राहतस्वरुप कम्पनीले पठाएको रु ५८ लाख आठ हजार ४६५ बराबरको चेक आज हस्तान्तरण गरे। पूर्वी चितवनको भण्डारा निवासी चौधरी फर्निचरको कामका लागि विसं २०६९ मा कतार गएका थिए। रोजगारीका…
मुस्ताङ : हिमाली जिल्ला मुस्ताङमा १७ वटा हिउँचितुवा भेटिएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) सँग सहकार्य गरेर हरियो वन नामक संस्थाले गरेको अध्ययनले उक्त सङ्ख्यामा हिउँचितुवा पत्ता लागेको हो। १६ वटै गाविसमा एक्यापले गाविसस्तरीय संरक्षण समितिमार्फत वन्यजन्तु संरक्षण र अवैध चोरी सिकारी नियन्त्रण अभियान सञ्चालन गरेपछि विगत तीन वर्षयता जिल्लामा हिउँ चितुवाको सङ्ख्या बढ्दै गएको अनुमान गरिएको थियो।…
लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा सात तीर्थालु घाइते भएका छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त १३०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाइते…
काठमाडौं : नेपाल एस्ट्रोनोमिक सोसाइटीले ‘तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड, २०१६’ का लागि मुलुकभरबाट २१ विद्यार्थी छनोट गरेको छ। सोसाइटीले छनोटमा परेका विद्यार्थीलाई बन्द शिविरमा राखेर खगोल खोज तथा अनुसन्धानमा लगाउने जनाएको छ। गत जेठ २९ गते सञ्चालन गरेको तेस्रो राष्ट्रिय एस्ट्रोनोमी ओलिम्पियाड–२०१६ मा मुलुकभरबाट सहभागी विद्यार्थीमध्ये ५५ अङ्क वा सोभन्दा माथि ल्याउने विद्यार्थीमध्ये विभिन्न चरण पार गर्दै पूर्व बन्द…
हेटौँडा : काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ। मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए। मृतकहरु कुन बसका…