PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

​नव नियुक्त गृहमन्त्री निधिको के छ नीति?



रासस

काठमाडौँ : नवनियुक्त उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधिले मुलुकको शान्ति सुरक्षालाई सुदृढ र प्रभावकारी बनाउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्।
     
सिंहदरबारस्थित गृह मन्त्रालयमा आज आफ्नो पदभार ग्रहण गर्दै गृहमन्त्रीले शान्ति सुव्यवस्था कायम गर्न समन्वयात्मक ढङ्गले काम गरिने बताए। उपप्रधानमन्त्री निधिले अनवरत ढङ्गले देश र जनताको पक्षमा काम गर्न प्रहरी प्रशासनलाई निर्देशन दिए।
     
उनी यसअघि दुई पटक सामान्य प्रशासन र एक पटक भौतिक योजना तथा निर्माणमन्त्री बनिसकेका छन्। मन्त्रालयका निमित्त सचिव विनोद केसी, नेपाल प्रहरी र सशस्त्र प्रहरी महानिरीक्षक सहित मन्त्रालयका कर्मचारीले नवनियुक्त उपप्रधानमन्त्रीलाई स्वागत गरेका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell