PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

निधिलाई गृह, अर्जुननरसिंह रक्षा र लेखकलाई भौतिक पूर्वधार



रासस

काठमाडौँ : नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथसँगै नेपाली कांग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ।
 
नेता विमलेन्द्र निधिको नेतृत्वमा कांग्रेस सरकारमा जाने तय भएको छ। निधिले गृह, अर्जुननर सिंह केसीले रक्षा एवम् रमेश लेखकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाने छन्।
 
त्यस्तै, नेकपा (माओवादी केन्द्र) का तर्फबाट प्रधानमन्त्रीसँगै कृष्णबहादुर महरा, जनार्दन शर्मालगायतले शपथ लिने बुझिएको छ। प्रवक्ता पम्फा भुसालले पार्टीबाट मन्त्री हुनेको टुङ्गो केही बेरमै लाग्ने जानकारी दिइन्।
 
कांग्रेस र माओवादी केन्द्रलगायतका दलको समर्थनमा बनेको दाहाल नेतृत्वको सरकारमा कांग्रेसले १३ र माओवादी केन्द्रले आठ मन्त्रालय पाउने सहमति भएको छ। अन्य साना दललाई पनि सरकारमा सामेल गर्दा मन्त्रालयको सङ्ख्यामा थपघट हुनसक्ने बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell