PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

​मलेसियामा नेपालीको हत्या



रासस

सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका–७ भुर्कीका नगेन्द्र चौधरी वैदेशिक रोजगारका रहेका बेला मलेसियामा शुक्रबार हत्या भएको छ।
 
काठमाडौँको डमरु ओभरसिजबाट दुई वर्षअघि मलेसियाको कोनर्क इन्डस्ट्री कम्पनीमा रोजगारीका सिलसिलामा कार्यरत रहेका बेला चौधरीको हत्या भएको आफन्तलाई जानकारी आएको हो।
 
हत्या गरिएका नगेन्द्र चौधरीसँगै एउटै कोठामा छ जना बस्ने गरेको भएता पनि अरु पाँचजना साथी दिवा सेवा र उनको रात्रिकालीन ड्युटी सिध्याएर आइसकेपछि लुटपाट गरी हत्या भएको कम्पनीमा कार्यरत भोजपुर निवासी प्रकाश बस्नेतले जानकारी दिए।
 
आफ्नो काम सिध्याएर बिहान कोठामा आई आराम गर्ने तरखरमा रहेको अवस्थामा मलेसियाको समय करिब दिनको साँढे बाह्र बजेतिर हतियारधारी दुई लुटेराले ढोका तोडफोड गरी नियन्त्रणमा लिई नगेन्द्रलाई होस्टलको तीन तलामाथिबाट फ्याँकेर हत्या गरेको बताइएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell