PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

२२ दिने शिशुलाई कुकुरले लुछेपछि...



रासस

भीमदत्तनगर : कञ्चनपुरको बेल्डाँडी नगरपालिका–१४ निवासी २२ दिने नाबालिकालाई कुकुरले लुछेपछि उनी मृत अवस्थामा भेटिएकी छन्।
 
विमला जोशीकी २२ दिने छोरी माधवीलाई कुकुरले लुछेर लगेको थियो। केही बेरमा खोज्दै जाँदा उनी मृत अवस्थामा भेटिइन्।
 
मङ्गलबार दिउँसो आफू शौचालय गएका बेलामा आएको कुकुरले २२ दिने नाबालिका छोरीलाई लुछ्दै घरको केही मिटर पर लगेको विमलाले बताइन्। 'दुई छोराछोरी छिमेकीको घरमा गएर मकै पोलेर खाँदै थिए,' उनले भनिन्, 'शौचालयमा थिएँ, घरमा काल बनेर आएको कुकुरले छोरी लगेर गएछ।'
 
घटनापछि प्रहरीले नाबालिकाको शवलाई परीक्षणका लागि भीमदत्तनगरस्थित महाकाली अञ्चल अस्पताल पुर्‍याएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell