PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

सुतेकै अवस्थामा २७ वर्षीय युवा मृत अवस्थामा फेला



रासस

रत्ननगर (चितवन) : दक्षिण चितवनको माडीका एक युवा सुतेकै अवस्थामा मृत फेला परेका छन्।
 
खाना खाएर सुतेका माडी वनकठ्ठाका २७ वर्षीय अविरल दराई सुतेकै अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय माडीले जानकारी दिएको छ।
 
बिहान अबेरसम्म नउठेपछि हेर्दा उनी सोमबार मृत भेटिएको परिवारको भनाइ छ। स्थानीय घननाथ सापकोटाले घटना शङ्कास्पद रहेको भन्दै मृत्युको कारण यकिन नभएको बताएका छन्। प्रहरीले भने घटनाको अनुसन्धान भइरहेको जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell