PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

तीर्थालु बोकेको ट्रयाक्टर दुर्घटना, एकको मृत्यु सात घाइते



रासस

लहान : पूर्व-पश्चिम राजमार्गअन्तर्गत सिरहाको बड्हारामाल गाविस–६ स्थित बन्दीपुर सडकमा गएराति तीर्थालु बोकेको ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। घटनामा सात तीर्थालु घाइते भएका छन्।
 
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स१त १३०७ नम्बरको ट्र्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्र्याक्टरमा सवार सिरहाको मिर्चैया नगरपालिका–८ निवासी १८ वर्षीया गौरी रायको मृत्यु भएको प्रहरीले जनाएको छ।
 
दुर्घटनामा परी गम्भीर घाइते मिर्चैया नगरपालिका–८ निवासी २० वर्षीय विपीन रायको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको र अन्य घाइतेको स्थानीय क्लिनिकमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell