PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

श्रीमानसँग झगडा गरी तीन सन्तानसहित हिँडेकी महिला मृत फेला



रासस

बैतडी : तीन छोराछोरीसहित बेपत्ता श्रीमती मृत अवस्थामा फेला परेपछि श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
 
पाँच दिनदेखि बेपत्ता रहेकी गोमादेवी बोहरा मृत अवस्थामा भेटिएकी हुन्। उनीसँगै रहेका तीन छोराछोरीको अवस्था भने अझै अज्ञात छ।
 
गएको शनिबारदेखि बेपत्ता उनी स्थानीय सङ्घार खोलामा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।
 
श्रीमानसँग झगडा गरेर उनी शनिबार राति घरबाट छोराछोरीसहित निस्किएकी प्रहरी नायब उपरीक्षक चन्दले बताए। 'मृतकका श्रीमान् जयमललाई नियन्त्रणमा लिई सोधपुछ भइरहेको छ,' चन्दले भने, 'मृतक महिलाको शव हेर्दा आत्महत्या गरेको जस्तो देखिन्छ।'
 
बेपत्ता तीन छोराछोरीको खोजी कार्य भइरहेको प्रहरीले बताएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell