PahiloPost

Jan 12, 2026 | २८ पुष २०८२

दुई यात्रुबस ठोक्किए, ९ जनाको मृत्यु



रासस

दुई यात्रुबस ठोक्किए, ९ जनाको मृत्यु

हेटौँडा : काठमाडौँबाट झापाको काँकडभिट्टातर्फ जाँदै गरेको ना ५ ख ५०५५ नम्बरको अग्नि यातायात सेवाको बस र उदयपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ना५ख ४०६४ नंको रात्रिबस हेटौँडा–नारायणगढ सडकखण्डको रमनटारमा राति एकापसमा ठोक्किँदा नौ जना यात्रुको घटनास्थलमा नै मृत्यु भएको छ।
 
मृतक यात्रुको अहिलेसम्म सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए।
 
मृतकहरु कुन बसका हुन् भन्ने पनि यकिन हुन सकेको छैन।
 
मृतकको शव हेटौँडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ। दुवै बसका यात्रु ३२ जना घाइतेलाई हेटौँडास्थित चुरेहिल अस्पतालमा ल्याई उपचार भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell