PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​ट्रक र जीप ठोक्किँदा दुईको मृत्यु



रासस

मलेखु : चितवनबाट काठमाडौँ जाँदै गरेको ना५ख ९२०६ नं को ट्रक र काठमाडौँबाट चितवनतर्फ जाँदै गरेको ना३च ६२०९ नं को बोलेरो पृथ्वी राजमार्गको मलेखुमा आज एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।
 
इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक प्रकाश जगेवुका अनुसार मृत्यु हुनेमा चितवन निवासी बोलेरोका सहचालक साफेज चौधरी र सप्तरी जिल्ला निवासी ६५ वर्षीय मणिप्रसाद गुप्ता रहेका छन्।
 
बोलेरो चालक विवेक रोइला घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ।
 
तीव्रगतिमा गुडेको बोलेरोले ट्रकलाई ठक्कर दिएपछि दुर्घटना भएको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell