PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

​कोरिया पुगेको केही समयमै दुर्घटनामा मृत्यु



रासस

पाँचथर : दक्षिण कोरियामा कार्यरत एक नेपालीको सवारी दुर्घटनामा परी घटनास्थलमै मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन्।
 
मृत्यु हुनेमा पाल्पाका हेमन्त आचार्य रहेका छन्। यस्तै दुर्घटनामा परेर पाँचथर रानीटार–६ पौवा भन्ज्याङका ३० वर्षीय सुवास मुखिया गम्भीर घाइते भएका छन्।
 
उनको अहिले खङ्वन्दो वन्जुसिकै खिदोक हस्पिटलमा उपचार भइरहेको त्यहाँबाट भीमराज चेम्जोङले जानकारी दिए।
 
गत शुक्रबार कार दुर्घटना हुँदा आचार्यको घटनास्थलमै मृत्यु भएको र उनका साथी मुखिया गम्भीर घाइते भएको कुसुम बास्कोटाले जानकारी दिए। आचार्य भर्खरै मात्रै र मुखिया एक वर्ष अघि कोरिया पुगेका थिए । रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell