PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

प्रधानमन्त्री प्रचण्डको प्रमुख सचिवमा महरा, स्वकीय सचिवमा पुत्र प्रकाश



रासस

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रमुख सचिवमा जोखबहादुर महरा नियुक्त भएका छन्।
 
नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्यसमेत रहेका महरा दाहाल प्रधानमन्त्री हुनुअघि पनि उनको स्वकीय सचिवका रुपमा कार्यरत थिए।
 
यसैगरी स्वकीय सचिवमा प्रधानमन्त्रीकै पुत्र प्रकाश दाहाल र अखिल (क्रान्तिकारी) का पूर्वअध्यक्ष रमेश मल्ल नियुक्त भएको सचिवालयका सदस्य पूर्ण कार्कीले जानकारी दिए।
 
प्रधानमन्त्रीको सचिवालयमा कार्कीसहित फोटो पत्रकार दिनेश श्रेष्ठ र मनोहर शर्मासमेत नियुक्त भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell