PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

'फुड प्वाइजन'का कारण नर्सिङ पढ्ने ३५ विद्यार्थी बिरामी



रासस

काँकडभिट्टा (झापा) : बिर्तामोडस्थित कञ्चनजङ्घा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत ३५ छात्रा विषाक्त भोजनका कारण एकैचोटि बिरामी भएका छन्।
 
बिहान अचानक झाडाबान्ता हुने र टाउको दुख्ने लक्षण देखा परेपछि उनीहरुलाई बिर्तासिटी हस्पिटलमा उपचारार्थ भर्ना गरिएको छ। इन्स्टिच्युटका प्रिन्सिपल रचिता न्यौपानेले बिहान पाँच जनालाई झाडाबान्ता देखापरेको र अरु पनि बिरामी होलान् जस्तो भएपछि सबैलाई हस्पिटल लगिएको बताइन्।
 
हस्पिटलको आकस्मिक विभागका डा. सुदीप भट्टराईले छात्रामा ‘अननोन कज फुड प्वाइजन’ देखिएको बताए।
 
आधाभन्दा बढी छात्रा भने उपचारपछि डिस्चार्ज भइसकेका छन्। उनीहरूले सोमबार बेलुकीको खानामा मटरको तरकारी खाएको बुझिएको हस्पिटलका सञ्चालक ध्रुव शिवाकोटीले बताए।
 
स्टाफ नर्सिङ पढाइ हुने सो इन्स्टिच्युटमा सयभन्दा बढी अध्ययनरत छन् । छात्रावासमा ८० जना बस्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell