PahiloPost

Feb 25, 2025 | १३ फागुन २०८१

पार्किङ गरिएका तीन वटा बसमा आगजनी



रासस

फलेवास (पर्वत) : पर्वत सदरमुकाम कुश्मा बजारस्थित बसपार्कमा रोकिराखेका बसमा गएराति आगजनी भएको छ।
 
शिवालय चोक नजिकै रहेको बसपार्कमा पार्किङ गरिएका तीन वटा बसमा आगजनी भएको हो।
 
ग१ख ४९३६, ना४ख ९०३७, र ध१ख ५६९ नम्बरको बसमा आगजनी हुँदा लाखौंको क्षति पुगेको जिल्ला प्रहरी कार्यालय पर्वतले जानकारी दिएको छ।
 
जिल्ला प्रहरी कार्यालयबाट गएको ३० जनाको प्रहरी टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।
 
बसपार्कमा डुल्ने बेवारिसे बालबालिकाले आगो लगाएको अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दीपक पातलीले बताए। ती  बालबालिका भने फरार छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell