PahiloPost

Aug 14, 2025 | ३० साउन २०८२

बालुवाटार पुगेर प्रचण्डलाई अमेरिकी राजदूतको बधाई



रासस

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपालका लागि अमेरिकी राजदूत अलाइन टेप्लिज्बीच भेटवार्ता भएको छ।
 
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा नेपाल र अमेरिकाबीचको सम्बन्ध, संविधान कार्यान्वयन, मुलुकको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा कुराकानी भएको छ।
 
भेटवार्ताका क्रममा राजदूत टेप्लिजसले प्रधानमन्त्रीलाई बधाई तथा कार्यकालको पूर्ण सफलताको शुभकामना दिँदै काबुलमा भएको नेपालीको हत्याप्रति दुःख व्यक्त गरेकी थिइन्। साथै उनले नेपालको शान्ति, संविधान र समसामयिक राजनीतिबारे चासो राखेको प्रधानमन्त्री दाहालको सचिवालयले जारी गरेको प्रेस नोटमा उल्लेख छ।
 
जवाफमा प्रधानमन्त्री दाहालले बधाई तथा शुभकामना ग्रहण गर्दै सकारात्मक सहयोगका लागि महामहिम राजदूत, अमेरिकी सरकार र जनतालाई धन्यवाद दिएका थिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell