PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु



रासस

मलेखु (धादिङ) :  पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट गाविसको मालिङ्गामा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ।
 
काठमाडौँबाट मुग्लिनतर्फ जाँदै गरेको बा७३प ८६९२ नम्बरको मोटरसाइकललाई काठमाडौँबाटै चितवन जाँदै गरेको ना५ख ७२७८ को माइक्रोबसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुवैको ज्यान गएको हो।

दुर्घटनामा चालक स्याङ्जा घर भएका २४ वर्षीय सोनम केसीको घटनास्थलमै र पछाडि बसेका गुल्मीका २५ वर्षीय विकास अर्यालको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell