PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कालीगण्डकीमा बाढी उर्लिँदा ७६ रोपनी खेत बग्यो, किसान भन्छन्- 'अब के खानु?'



रासस

रामपुर (पाल्पा) : अविरल वर्षाले कालीगण्डकी नदीमा बाढी आउँदा नदी आसपासका ७६ रोपनी खेतमा ठूलो क्षति पुगेको छ।
 
नदी आसपासमा रहेका खेतीयोग्य जमिन बाढीले पुरिँदा र बगाउँदा किसान चिन्तामा परेका छन्।
 
रामपुर नगरपालिका–१ स्थित तिलडाँडामा ४२ रोपनी, वडा नं १४ मा ८ रोपनी, वडा नं १५ मा १३ रोपनी र गजरकोटको गाडापानीमा १३ रोपनी खेतमा नदीले पूर्णरुपमा क्षति पुर्‍याएको छ।
 
त्यस्तै, साँखरको बर्खेघाटका खेतमा नदीले कटान गरेको छ। एक्कासि नदीमा बाढी आएपछि खेतमा लगाएको रोपो सबै पुरिएको छ। 'धान रोपेर हरियो नहुँदै बाढीले सबै खेती नोक्सान पुर्‍यायो,' कृषक लक्ष्मण पन्तले भने, 'वर्ष दिन खाने खेती बाढीले लग्यो। अब कसरी जीविका चलाउने?'
 
रामपुर–१४ का एक दर्जन जति किसानका खेत कालीगण्डकी नदीले कटान गरेको स्थानीयवासी दामोदर तिमिल्सिनाले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell