PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

​प्रकाश मानवअधिकार पुरस्कार साफीलाई



रासस

काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विसं २०७२ को ‘प्रकाश मानवअधिकार पुरस्कार’ मानव अधिकारकर्मी मौलाना अब्दुल जब्बर साफीलाई प्रदान गर्ने भएको छ।
 
नेपालगन्ज निवासी साफीले चारदशकदेखि सामाजिक सद्भाव कायम गर्न, मानवअधिकार र सामाजिक न्यायका लागि क्रियाशील हुँदै आएबापत इन्सेकले सो सम्मान उनलाई अर्पण गर्ने निर्णय गरेको हो।
 
इन्सेकका पाँचै विकास क्षेत्रका कार्यालयबाट सिफारिस भई आएकामध्ये उनलाई चयन गरेको हो।
 
इन्सेकका संस्थापक महासचिव स्वर्गीय प्रकाश काफ्लेको स्मृतिमा विसं २०५१ मा स्थापित सो पुरस्कारको राशि सम्मानपत्रसहित रु ५० हजार रहेको छ। यसअघि सो पुरस्कार २१ जना मानवअधिकारकर्मीले प्राप्त गरिसकेका छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell