PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध



रासस

खोटाङ : लगातारको वर्षाका कारण खोटाङको दिक्तेल–हलेसी सडक पूर्णरुपमा अवरुद्ध भएको छ। जयरामघाटदेखि हलेसी, हलेसीदेखि मुढे र मुढेदेखि दिक्तेल गरी तीन खण्डमा विभाजित सडकमा अहिले कुनै पनि यात्रुवाहक सवारीसाधन चल्न सकेका छैनन्।
 
साउन लागेयता निरन्तर भइरहेको वर्षाका कारण दिक्तेल–हलेसी सडक पाँच दिनदेखि पूर्णरुपमा अवरुद्ध भएको यातायात व्यवसायी सङ्घ खोटाङका सचिव रामकुमार हिङ्माङले बताए।
 
वर्षायाम सुरु भएसँगै सुरुमा दिक्तेल–मुढे र त्यसपछि मुढे–हलेसी सडक अवरुद्ध भएको हो। ठाउँ–ठाउँमा पहिरो खसेका कारण हलेसीदेखि जयराम खण्ड पनि दुई दिनदेखि ठप्प बनेको यातायात व्यवसायी सङ्घले जनाएको छ। सहर जाने र आउने मुख्य सडक अवरुद्ध भएपछि सर्वसाधारण मारमा परेका छन्। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell