PahiloPost

Feb 24, 2025 | १२ फागुन २०८१

महतो भन्छन् : नयाँ सरकारमा सहभागी हुन्नौं



रासस

विराटनगर : सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले गठन हुने नयाँ सरकारमा आफ्नो दल सहभागी नहुने बताएका छन्।
     
पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ सरकारलाई बाहिरबाट समर्थन गरिने स्पष्ट पारे। “जबसम्म संविधान संशोधन र प्रदेशको पुनःसंरचना हुँदैन, तबसम्म स्थानीय निकायको निर्वाचन मोर्चालाई मान्य हुँदैन” –अर्काे प्रसङ्गमा उनले भने।
     
उनले सीमाङ्कन आयोगले तराईमा रहेका ५१ प्रतिशत जनताका लागि  १८८ एकाइ र ४९ प्रतिशत पहाडका लागि २७७ एकाइ बनाउन खोज्नु भनेको तराईप्रतिको विभेद भएको विचार व्यक्त गरे।
     
उनले विराटनगर– रङ्गेली सडक मार्गबीच भागमा नदीले सडक कटान गर्दा यातायात सेवा अवरुद्ध रहेकाले अविलम्ब सो ठाउँमा बेलीब्रिज जडान गर्न सरकारसँग माग गरे।
     
सप्तरी, तिलाठीको घटनाका सम्बन्धमा पत्रकारको जिज्ञासामा उनले नेपाल र भारतबीच कूटनीतिक रुपमा समस्या समाधान गर्नुपर्ने सुझाव दिँदै जनता जनताबीच लडाउने काम बन्द गर्नुपर्नेमा जोड दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell