PahiloPost

Jul 24, 2026 | ८ साउन २०८३

चितवनमा मृत बाघ फेला



रासस

चितवन :  चितवन राष्ट्रिय निकुञ्जमा एक वयस्क बाघ मृत अवस्थामा भेटिएको छ। निकुञ्जको सौराहाबाट कसरा जाने बाटोको १ नम्बर र २ नम्बर पुलबीचको घोलमा शनिबार बाघ मृत अवस्थामा भेटिएको हो।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार गन्ध आइसकेको अवस्थामा वयस्क बाघ भेटिएको हो। बाघलाई बेलुका निकुञ्जको मुख्य कार्यालय कसरामा परीक्षण गरेर गाडिएको उनले बताए। 

बूढो भएकै कारण बाघ मरेको कँडेलको भनाइ छ। बाघको सबै अङ्ग भने सुरक्षित थियो।

बाघको आयु २० वर्षको हुन्छ। चितवन राष्ट्रिय निकुञ्जमा सन् २०१३ को तथ्याङ्कअनुसार १२० वटा वयस्क बाघ रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell