PahiloPost

Jun 13, 2026 | ३० जेठ २०८३

प्युठानमा चार शव फेला, मकवानपुरमा पहिरोले पुर्दा एकै परिवारका तीनको मृत्यु



रासस

प्युठान : प्युठानको विभिन्न ठाउँमा चार वटा शव फेला परेको छ।
 
बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको छ भने कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ। खैरा झोलुङ्गे पुलमुनि एक र झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा समेत एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले जानकारी दिए।
 
लुङ गाविस–६ स्थित शिशिर रिजालको घर पहिरोले भत्काउँदा भने उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ।
 
यस्तै, लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन घर पहिरोले बगाएपछि बेपत्ता भएका छन् ।
 
झिमु्रक नदीमा पछिल्लो १४ वर्षकै ठूलो बहाव भएको बुटवल पावर कम्पनी दारिमचौरले जनाएको छ। नदीमा अत्यधिक बहाव बढेकाले दुई दिनदेखि बुटवल पावर कम्पनीको उत्पादन बन्द भएको छ।
 
यता, मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती र उनका छोरा ५ वर्षीय विकास छन्।
 
क्षतिको विवरण अझै आउन बाँकी रहेको भीमफेदी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell