PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

पहिरोले पुरिएर गुल्मीमा एकै परिवारका तीनसहित पाँच जनाको मृत्यु



रासस

तम्घास (गुल्मी) :  अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ।
 
ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन्।
 
त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर नै गोपाल रानाका ८ वर्षीय छोरा सुजन र ६ वर्षीया छोरी सिमानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिए।  पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते छन्। अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण उद्धारमा समस्या परेको प्रहरीले बताएको छ।
 
बजार क्षेत्रका मानिस त्रासका कारण घरका सामान सुरक्षित स्थानमा सार्न थालेका छन्। बाढीले बम्घामा एक हल गोरु र एउटा गाई समेत बगाएको छ। ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन्।
 
बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ। बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell