काठमाडौँ : एउटै दृश्य (वान सट) मा खिचिएका दुई नेपाली चलचित्र ‘जालो’ र ‘जालो रिटर्न्स ’ एकैसाथ तयार हुने भएका छन्। विश्वमै पहिलो पटक यो किसिमले चलचित्र बन्न लागेको हुनाले यस कार्यलाई ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’मा दर्ता गर्न लागिएको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो। सङ्गीतकर्मीद्वय अराज केशव र मोहित मुनालले बनाउन लागेको चलचित्रमा करिब ५० कलाकारले अभिनय गर्नेछन्।…
प्रकाश सिलवाल “राष्ट्रलाई एकीकृत र सुशासन दिने जिम्मेवारीबाहेक राजनीति अरु केही होइन,” नयाँ राजनीतिक परिघटनाबीच नवनियुक्त बेलायती प्रधानमन्त्री टेरेसा मेका अभिव्यक्तिमा उनका भावी चुनौतीलाई बुझ्न कठिन पर्दैन। हालैको जनमत सङ्ग्रहको परिणामबाट बेलायतले युरोपेली संघ (इयू) छोड्ने मतादेशसँगै प्रधानमन्त्री डेभिड क्यामरुनले नैतिकताका आधारमा राजीनामा दिएपछि सोही सरकारका गृहमन्त्री मे नयाँ प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। मेका भावी कदम र यात्रालाई विश्वले…
काठमाडौँ : कीर्तिपुर नगरपालिकालाई एकै पटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार नगरपालिका घोषणा गरिएको छ। खुल्ला दिसामुक्त बनाउनका लागि खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पूर्ण खोपयुक्त बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय र पूर्ण साक्षार बनाउन जिल्ला शिक्षा कार्यालयको सहयोग थियो। शुक्रकार आयोजित कार्यक्रममा सांसद राजेन्द्र केसीले यस विषयमा कीर्तिपुरवासीलाई प्रतिबद्धता व्यक्त गराउँदै घोषणा गरेका हुन्। घोषणा गर्न…
भूकम्पपीडितलाई ट्याक्सी दर्ता खुला 2016-07-16 19:24 काठमाडौँ : सरकारले भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितलाई उपलब्ध गराउने गरी ट्याक्सी दर्ता खुलाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रिस्तरीय निर्णयअनुसार ट्याक्सी दर्ताको प्रक्रिया सुरु भएको हो। भूकम्पबाट अति प्रभावित १४ जिल्लाका पीडितले दर्ता गर्न पाउने गरी विसं २०७२ जेठ २८ र सोही वर्षको चैत २१ को मन्त्रिस्तरीय निर्णयअनुसार दर्ता खोलिएको हो। ट्याक्सी…
काठमाडौँ : नेकपा (एमाले)का सचिव प्रदीप ज्ञवालीले संसद् विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भए पनि आफूहरुले त्यसो नगर्ने बताएका छन्। प्रेस चौतारी नेपालले आज गरेको अन्तर्क्रिया कार्यक्रममा उनले भने, ‘संसद् विघटन गरेर जनप्रतिनिधि विहीनताको अवस्थामा मुलुकलाई पुर्याउँदैनौँ।’ उनले प्रधानमन्त्री ओलीले आफूमाथि लागेको आरोपको संसद्मा एक/एक गरेर प्रतिवाद गर्ने बताउँदै एमालेले गरेको काम जनताको इजलासमा न्यायिक फैसला हुनेसमेत उल्लेख गरे। नेकपा…
बनेपा : काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली कांग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ। आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली कांग्रेस बनेपा नगर समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए। उनले त्यसका लागि रु १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम…
काठमाडौ : सर्वोच्च अदालतले कोख भाडामा लिई बच्चा जन्माउने (सरोगेसी) प्रचलनविरुद्ध दिइएको रिट निवेदन खारेज गरेको छ। प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश गोविन्दकुमार उपाध्यायको संयुक्त इजलासले आज सो निवेदन खारेज गरेको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिए। अधिवक्ता पुष्पराज पाण्डेयले गत भदौ ६ गते सरोगेसी प्रचलन बढेकाले त्यसलाई रोक लगाउन माग गर्दै अदालतमा निवेदन दर्ता गरेका थिए। निवेदनमा सरोगेसी सेवा…
गौशाला : भारतीय पक्षबाट नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको कामलाई सशस्त्र प्रहरीले रोकेका छन्। महोत्तरीको मटिहानी गाविसस्थित सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मधवापुरमा नाला निर्माण गर्न लागिएको थियो। सशस्त्र प्रहरी निरीक्षक मानबहादुर पाण्डेको नेतृत्वमा गएको टोलीले निर्माण कार्य रोक्का गरेको हो। भारतीय पक्षले नेपाली भूमिमा नाला निर्माण गर्न लागिएको थाहा पाएपछि सशस्त्र प्रहरीले रोक्का गरेको सशस्त्र प्रहरी…
काठमाडौँ : मन्त्रिपरिषद्को आजको बैठकले विकसित राजनीतिक परिस्थितिको समीक्षा गर्दै व्यवस्थापिका–संसद्मा दर्ता भएको अविश्वास प्रस्तावको सामना गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले नेकपा (माओवादी केन्द्र) र नेपाली काँग्रेससहितका दलले ल्याएको सरकारविरुद्धको अविश्वास प्रस्तावको सामना गरी संविधान बमोजिम अघि बढ्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री शेरधन राईले बताए। माओवादी केन्द्रले अविश्वासको प्रस्तावमा छलफल नभएसम्म बजेट आश्रित विधेयक…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले छाडेका मन्त्रालयमा मन्त्रीलाई थप नयाँ जिम्मेवारी प्रदान गरेका छन्। माओवादी केन्द्रका आठ मन्त्रीले सामूहिक राजीनामा दिएपछि प्रधानमन्त्रीले भएका मन्त्रीलाई थप जिम्मेवारी दिएको उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिए। प्रधानमन्त्री ओलीले संविधानको धारा २९८ बमोजिम आफूसहित अन्य मन्त्रीलाई थप कार्यभार दिएको र नयाँ जिम्मेवारी दिइएको पत्र आजै राष्ट्रपति…
काठमाडौं : छो-रोल्पा लगायत ६ वटा ताल जोखिममा रहेको बारे सांसदहरुले ध्यानाकर्षण गराएका छन्। व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्युनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भएको छ। छो-रोल्पा र इम्जा लगायतका ६ वटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्युनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले बताए। सोलुखुम्बुको…
काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार विघटन गर्न संयुक्त लोकतान्त्रिक मोर्चाले समर्थन गर्ने भएको छ। मोर्चाका संयोजक समेत रहेका सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सरकारलाई हटाउन मोर्चाको समर्थन हुने जानकारी दिए। व्यवस्थापिका–संसद भवन नयाँबानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले नयाँ बन्ने सरकारमा भने सहभागी हुने सम्भावना नरहेको बताए। 'नयाँ बन्ने सरकारले मोर्चाले उठाएका माग तथा…
दाङ : हँसिया प्रहार गरी सात वर्षीय बालकको हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। विजौरी–२ निवासी ७ वर्षीय बालक दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ बीभत्स हत्या भएको थियो। हत्यामा संलग्न उनकै फुपू २६ वर्षीया गौतमी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले लुकिछिपी बस्दै आएकी खत्रीलाई घोराहीबाट नियन्त्रणमा लिएको दाङका प्रहरी…
भोजपुर : नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल खपत हुन छाडेपछि गोदाममै सड्ने अवस्थामा पुगेको छ। चार वर्षअगाडि संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई उपभोक्ताको भिड व्यवस्थापन गर्न निकै कठिन हुने भए पनि अहिले संस्थान सुनसान बनेको छ। चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन र प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भिड लाग्ने गरेकोमा अहिले एक-दुई जना मात्रै…
काठमाडौं : नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा एक करोड हस्तान्तरण गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्। सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दै गएको सहभागिताप्रति आभार व्यक्त गरे। पुनःनिर्माणमा करिब तीन अर्ब रुपैयाँ लाग्ने भएकाले व्यक्ति वा…
राजविराज : रोजगारीको सिलसिलामा कतार गएका एक नेपालीको मृत्यु भएको छ। शनिबार राति खाना खाएर सुतेका सप्तरी बनौली गाविस–९ निवासी ३१ वर्षीय बौवाला चौधरी आइतबार बिहान मृत अवस्थामा फेला परेका थिए।मदिनामा बिल्डिङ वर्करका रुपमा कार्यरत चौधरी गत जेठमा रोजगारीको लागि कतार गएका थिए। मृतकको शवलाई नेपाल ल्याइदिनका लागि उनका परिवारजनले सरकारलाई आग्रह गरेका छन्।
बाबियाचौर (म्याग्दी) : म्याग्दीको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ। ५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृहभन्दा माथि खनिएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा क्षति भएको छ। परियोजना बन्द हुँदा ७ सय घरधुरी उपभोक्ता प्रभावित भएका परियोजनाका सल्लाहकार मोतीराज गौतमले बताए। सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र…
बैतडी : बैतडीका जिल्लाका १४ गाविस उच्च खाद्य असुरक्षित अवस्थामा छन्। जिल्लास्तरीय खाद्य सुरक्षा समितिको तेस्रो चौमासिक बैठकले ती गाविसमा खाद्य असुरक्षा उच्च रहेको निष्कर्ष निकालेको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ। विभिन्न १७ वटा सूचकका आधारमा गाविसको खाद्य सुरक्षाको अवस्था विश्लेषण गर्ने गरिएको वरिष्ठ कृषि विकास अधिकृत कमलेश तिवारीले जानकारी दिए। खाद्य उपलब्धता, खाद्यमा पहुँच, खाद्यको…
विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन्। विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए। सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा भने टुङ्गो नलागेको गच्छदारको भनाइ छ। वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई…
डोटी : दीपायल–सिलगढी नगरपालिका– १४ पादरीमा आज बिहान करेन्ट लागेर दुई बालिकाको मृत्यु भएको छ। यस घटनामा अन्य चार विद्यार्थी घाइते भएका छन्। विद्यालय जाने क्रममा चुँडिएर भुइँमा खसेको बिजुलीको तार छुँदा स्थानीय गणेश आउजीका १० वर्षीया छोरी रोजी र आठ वर्षीया रेश्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जानकारी दिए। दुर्गा निमावि खाडीलेकमा अध्ययनरत…