PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

७ वर्षे बालकलाई हँसिया प्रहार गरी हत्या गर्ने उनकै फुपू पक्राउ



रासस

दाङ : हँसिया प्रहार गरी सात वर्षीय बालकको हत्या गरी फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ।

विजौरी–२ निवासी ७ वर्षीय बालक दीपक खत्रीको घरभित्रै हँसिया प्रहार गरी गत शुक्रबार साँझ बीभत्स हत्या भएको थियो। हत्यामा संलग्न उनकै फुपू २६ वर्षीया गौतमी खत्रीलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालयको विशेष टोलीले लुकिछिपी बस्दै आएकी खत्रीलाई घोराहीबाट नियन्त्रणमा लिएको दाङका प्रहरी प्रमुख धीरजप्रताप सिंहले बताए। दीपकका अभिभावकसहित परिवारका सबै सदस्य खेतमा रोपाइँ गर्न गएको समयमा नजिकै घर भएकी फुपूले उनको हत्या गरेकी थिइन्। टाउको, घाँटी र पेटमा हँसिया प्रहार गरी हत्या गरेको प्रहरीको भनाइ छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell