PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

कीर्तिपुर एकैपटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार घोषित



रासस

कीर्तिपुर एकैपटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार घोषित

काठमाडौँ : कीर्तिपुर नगरपालिकालाई एकै पटक खुल्ला दिसामुक्त, पूर्ण खोपयुक्त र पूर्ण साक्षार नगरपालिका घोषणा गरिएको छ।
 
खुल्ला दिसामुक्त बनाउनका लागि खानेपानी क्षेत्रीय अनुगमन तथा सुपरीवेक्षण कार्यालय, पूर्ण खोपयुक्त बनाउन जिल्ला जनस्वास्थ्य कार्यालय र पूर्ण साक्षार बनाउन जिल्ला शिक्षा कार्यालयको सहयोग थियो। शुक्रकार आयोजित कार्यक्रममा सांसद राजेन्द्र केसीले यस विषयमा कीर्तिपुरवासीलाई प्रतिबद्धता व्यक्त गराउँदै घोषणा गरेका हुन्। घोषणा गर्न मात्र ठूलो कुरा नभएको भन्दै उनले त्यसलाई कार्यान्वयन गर्न सबैको सहयोगको खाँचो औँल्याएका थिए।
 
त्यसैगरी सांसद विनोद श्रेष्ठले पहिलो विश्वविद्यालय स्थापित भएको क्षेत्रमा शिक्षा तथा पूर्वाधारको विकास हुन नसकेकोमा चिन्ता गरे।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदी, स्थानीय विकास मन्त्रालयका सहसचिव जीवनकुमार श्रेष्ठ, नगरपालिकाका कार्यकारी प्रमुख उद्धवप्रसाद रिजाल, सोही नगरपालिकाका प्रमुख लेखा अधिकृत सानुबाबु परियार, नगरपालिकाका सल्लाहाकार हीराबहादुर महर्जन र उद्धवप्रसाद बास्कोटाले सो नगरलाई तीनवटै विषय घोषणा गरिएकामा खुसी व्यक्त गर्दै अब त्यस क्षेत्रमा स्वच्छ, स्वस्थ्य बनाउन नगरवासीले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।

फोटो : ecs.com



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell