PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

​बनेपामा कांग्रेस नगर सभापतिको सम्मेलन



रासस

बनेपा : काभ्रेपलाञ्चोकको बनेपामा पहिलो पटक देशभरका नेपाली कांग्रेसका नगर सभापतिको सम्मेलन हुने भएको छ।
 
आगामी असोज ३ र ४ गते हुने सो सम्मेलनमा २१९ नगर सभापतिसहित करिब ४०० प्रतिनिधिको सहभागिता रहने नेपाली कांग्रेस बनेपा नगर समितिद्वारा आयोजित पत्रकार सम्मेलनमा नगर सभापति राम जोशीले जानकारी दिए।
 
उनले त्यसका लागि रु १८ लाख खर्च हुने अनुमान गर्दै केही रकम रजिष्ट्रेसनबाट र अन्य विभिन्न व्यक्ति वा सङ्घ, संस्थाबाट सहयोग लिएर जुटाइने बताए।
 
'नगर सभापतिलाई धुलिखेलमा बस्नका लागि प्रबन्ध गरिनेछ र ऐतिहासिक नगरी पनौतीलगायत पर्यटकीय क्षेत्रको भ्रमण गराइनेछ,' सभापति जोशीले भने।
 
सम्मेलनमा स्थानीय निर्वाचन, प्रादेशिक व्यवस्था, पार्टी सुदृढीकरणलगायतका एजेन्डामा छलफल हुनेछ। सम्मेलनका लागि विभिन्न उपसमिति समेत गठन गरिएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell