PahiloPost

Aug 13, 2025 | २९ साउन २०८२

खाद्य संस्थानको चामल खपत हुन छाड्यो, ७ सय क्विन्टल कुहिने अवस्थामा



रासस

भोजपुर : नेपाल खाद्य संस्थान भोजपुरबाट वितरण हुने चामल खपत हुन छाडेपछि गोदाममै सड्ने अवस्थामा पुगेको छ।
 
चार वर्षअगाडि संस्थानको चामल वितरण गर्नुपर्दा कर्मचारीलाई उपभोक्ताको भिड व्यवस्थापन गर्न निकै कठिन हुने भए पनि अहिले संस्थान सुनसान बनेको छ।
 
चामल पाउनकै लागि जिल्लाका नेताको भनसुन र प्रमुख जिल्ला अधिकारीको सिफारिस लिएर खाद्य संस्थानमा भिड लाग्ने गरेकोमा अहिले एक-दुई जना मात्रै गोदाममा पुग्ने गरेका छन्।
 
आर्थिक वर्ष २०७१/०७२ मा ठेक्कामार्फत ११ सय क्विन्टल चामल खरिद गरिएको भए पनि हालसम्म खपत भइनसकेको संस्थानले जनाएको छ। खपत नभएपछि प्रत्येक आवमा ढुवानी गर्नुपर्ने चामलको लागि टेन्डर आह्वान समेत गर्न छाडिएको छ।
 
चामल खपत हुन छाडेपछि आव २०७३/७४ का लागि टेन्डर खोल्ने कि नखोल्ने अन्योलमा रहेको संस्थानका कर्मचारी महेन्द्र आपगाईंले बताए।
 
गाउँ–गाउँसम्म यातायातको पहुँच पुगेसँगै खाद्यान्न आयातमा सजिलो भएकाले संस्थान धाउने उपभोक्तामा कमी आएको उनी अनुमान गर्छन्।
 
भोजपुर कारागार र स्थानीयले ४ सय क्विन्टल खपत गरे पनि गोदाममा बाँकी ७ सय क्विन्टल चामल थन्किएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell