PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

बाढी पसेपछि लघु जलविद्युत परियोजना बन्द, ७ सय परिवार प्रभावित



रासस

बाबियाचौर (म्याग्दी) : म्याग्दीको निस्कोट–३ मा रहेको रुम खोला लघुजलविद्युत् परियोजनाको विद्युतगृहमा बाढी पसेपछि विद्युत् उत्पादन बन्द भएको छ।
 
५१ किलोवाट क्षमताको परियोजनाको विद्युत्गृहभन्दा माथि खनिएको सडकबाट शनिबार राति आएको बाढीले टर्वाइन लगायतका उपकरणमा क्षति भएको छ। परियोजना बन्द हुँदा ७ सय घरधुरी उपभोक्ता प्रभावित भएका परियोजनाका सल्लाहकार मोतीराज गौतमले बताए।
 
सो परियोजनाबाट निस्कोट, रुम, ओखरबोट, देवीस्थान र दरवाङ गाविसका बासिन्दाले विद्युत् सुविधा उपभोग गर्दै आएका छन्। परियोजनाको विद्युतगृहमाथिको पाखोमा दरवाङ निस्कोट सडक निर्माणका क्रममा फालिएको माटो र सडकको ढल व्यवस्थापन नहुँदा बाढी आएको हो।
 
इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी, परियोजनाका पदाधिकारी र उपभोक्ताले आइतबार दिनभरि विद्युत्गृहमा पसेको बाढी व्यवस्थापन गरे पनि जोखिम कायमै रहेकाले विद्युत् उत्पादन हुन सकेको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell