PahiloPost

Jan 16, 2025 | ३ माघ २०८१

​६ वटा हिमताल जोखिमपूर्ण अवस्थामा, सांसदको चासो



रासस

काठमाडौं : छो-रोल्पा लगायत ६ वटा ताल जोखिममा रहेको बारे सांसदहरुले ध्यानाकर्षण गराएका छन्।
 
व्यवस्थापिका–संसद् वातावरण संरक्षण समितिको आज बसेको बैठकमा हिमताल विस्फोट तथा जोखिम न्युनीकरणका सम्बन्धमा सम्बन्धित निकायका पदाधिकारीसँग छलफल भएको छ।
 
छो-रोल्पा र इम्जा लगायतका ६ वटा हिमताल जोखिमपूर्ण अवस्थामा रहेको समुदायमा आधारित बाढी तथा हिमताल विस्फोटन जोखिम न्युनीकरण आयोजनाका प्रमुख टोपबहादुर खत्रीले बताए।
 
सोलुखुम्बुको चौंरीखर्क, खुमजुङ्, नाम्चे लगायतका क्षेत्र र तराईका महोत्तरी, सप्तरी, सिराहा र उदयपुर क्षेत्रमा पर्न सक्ने प्रभावलाई न्युन गर्न पूर्वसूचना संयन्त्र जडान गरिएको उनले बताए। समुदायमा आधारित कार्यक्रम सञ्चालन गरिएको र आयोजना सकिएपछि सम्बन्धित समुदायबाटै कार्यक्रम सञ्चालन हुने व्यवस्था मिलाइएको समेत उनको भनाइ छ।
 
छलफलमा सांसदहरू गणेश बिमली, डा दुमनसिंह थापा, कमला विक, हरिप्रसाद उप्रेती, हरि राजवंशी, राजाराम स्याङ्तान, मानबहादुर विश्वकर्मा लगायतले यसबारे चासो राखे। जलवायु परिवर्तनबाट सिर्जना हुने जोखिम न्युन गर्न जल संरक्षणमा ध्यान दिनुपर्ने, नदी आसपासका बाँस, जटाधारी रूखलगायत बिरुवा रोपी स्थानीय बासिन्दामाझ आयआर्जन तथा रोजगारमूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने, थप जोखिमी क्षेत्र पहिल्याउनुपर्ने उनीहरुको सुझाव थियो।
 
जल तथा मौसम विज्ञान विभागका निमित्त महानिर्देशक सुरज वैद्यले सांसदहरूले सोधेका प्रश्नको जवाफ दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell