PahiloPost

May 23, 2026 | ९ जेठ २०८३

धरहरा पुनःनिर्माणका लागि पुनर्बीमा कम्पनीले दियो एक करोड



रासस

धरहरा पुनःनिर्माणका लागि पुनर्बीमा कम्पनीले दियो एक करोड

काठमाडौं : नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले ‘मेरो धरहरा मै बनाउँछु’ कोषमा एक करोड हस्तान्तरण गरेको छ।
 
प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिमिटेडका अध्यक्ष महेशकुमार गुरागाईंले प्रधानमन्त्री निवास बालुवाटारमा सो रकम हस्तान्तरण गरेका हुन्।
 
सो अवसरमा प्रधानमन्त्री ओलीले जनताले आफैँ बनाउने घोषणा भएको धरहरा पुनःनिर्माणमा बढ्दै गएको सहभागिताप्रति आभार व्यक्त गरे। पुनःनिर्माणमा करिब तीन अर्ब रुपैयाँ लाग्ने भएकाले व्यक्ति वा कम्पनीको मात्र गर्न नभई सबैको सहयोग आवश्यक रहेको उनले बताए।
 
विनाशकारी भूकम्पबाट ध्वस्त धरहरा पुनःनिर्माणका लागि प्रधानमन्त्री र मन्त्रीहरुले एक महिना बराबरको तलब सहयोग गरी सो कोष प्रारम्भ भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell