विराटनगर : उपप्रधानमन्त्री विजयकुमार गच्छदारले सहमतीय सरकार निर्माणका लागि पहल भइरहेको बताएका छन्।
विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले सहमतीय सरकारले नै समस्याको समाधान गर्न सक्ने देखिएकाले त्यसका लागि दलहरुबीच छलफल जारी रहेको जानकारी दिए। सहमतीय सरकार निर्माण गर्ने विषयमा छलफल जारी रहे पनि नेतृत्वको विषयमा भने टुङ्गो नलागेको गच्छदारको भनाइ छ।
वर्तमान गठबन्धनको सरकारमा देखिएका मतभिन्नतालाई अन्त्य गर्दै प्रभावकारी रुपमा सरकार सञ्चालन गर्ने विषयमा सरकारमा रहेका दलबीच समझदारी भएको उनले बताए।
'वर्तमान संसद्को अवधि २०७४ माघ ८ गतेसम्म मात्र छ,' उनले भने, 'सोही समयावधिभित्र तीन वटा निर्वाचन गराउनुपर्ने बाध्यता रहेकाले दलहरुबीच सहमति हुनैपर्छ।'
(पहिलोपोस्ट फाइल फोटो)